काठमाडौं, जेष्ठ १८ । राष्ट्रपति डा. रामबरण यादवले आफुलाई राष्ट्रपतिको कुर्सीमा बसिरहने चाहना नभएको भन्दै जतिसक्दो छिटो संविधान बनाएर आफ्नो मार्गप्रशस्त गरिदिन दलहरुलाई आग्रह गरेका छन् ।
दुइ वर्षमै संविधान बनेको भए आफूले उतिबेलै कुर्सी छोडिसक्ने भन्दै राष्ट्रपति यादवले संबैधानिक व्यवस्था अनुसार आफू कुर्ची छोड्न तयार रहेको स्पष्ट पारे ।
विपी चिन्तन प्रतिष्ठानले आज राष्ट्रपति भवन शितल निवासमा गरेको कार्यक्रममा उनले आफू कतिञ्जेल राष्ट्रपतिको कुर्चीमा बस्ने भन्ने कुरा नयाँ संविधान जारी हुने मितिमा निर्भर रहने बताए ।
राष्ट्रपति यादवले आफू नेपाली काँग्रेस नभएको बरु विश्वेश्वर प्रसाद कोइरालाको अनुयायी भएको बताए । कार्यक्रममा राष्ट्रपति यादवले बीपी कोइरालाको तस्वीर अंकित विपी जन्म स्मारक चाँदीको सिक्का समेत विमोचन गरे । IMAGEKHABAR