एमाले: आगामी महाधिवेशनका लागि २ लाख ५० हजार सदस्यता नविकरण

काठमाडौं – आगामी महाधिवेशनका लागि २ लाख ५० हजार सदस्यता नविकरण गरिएको नेकपा एमालेले जनाएको छ। केन्द्रीय कार्यालय बल्खुमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा जनाइएअनुसार महाधिवेशनका लागि मूल व्यवस्थापन समितिको कार्यालय गठन भएको छ।
पार्टीले अधिवेशनको नारा तय गरेको मूल व्यवस्थापन समितिका संयोजक ईश्वर पोखरेलले जानकारी दिए। शान्तिपूर्ण जनक्रान्तिको उपलव्धिलाई संस्थागत गरौं, जनताको बहुदलीय जनवादको मार्ग निर्देशनमा समृद्ध नेपाल निर्माण गरौं भन्ने नारा तय भएको हो। महाधिवेशनका लागि १ महिना बाँकी रहेको छ। 
नेतृत्त्व परिवर्तनका लागि हुने पार्टीको निर्वाचनमा विद्युतीय भोटिङ मेसिनको प्रयोग गर्ने जानकारीसमेत दिइयो। NAGARIKNEWS