चितवनको रामनगरमा यात्रुबस दुर्घटना, दुईजनाको मृत्यु

चितवन, जेष्ठ १९ । चितवनको भरतपुर नगरपालिका वडा नम्बर १ रामनगरमा आज दिउँसो यात्रुबस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा ४३ जना घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मृत्यु हुनेमा सुनसरी डुबहराका शम्भुनारायण चौधरी र अर्का एक पुरुषको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
काठमाडौंबाट धरानतर्फ जाँदै गरेको बस अनियन्त्रित भइ सडकमै पल्टिएर दुर्घटना भएको जनाइएको छ । IMAGEKHABAR