निर्वाचन आयोगद्धारा काठमाडौंका प्रहरी प्रमुख एसएसपी रमेश खरेललाई सरुवा नगर्न गृह मन्त्रालयलाई आदेश

काठमाडौं, जेष्ठ १९ । निर्वाचन आयोगले काठमाडौंका प्रहरी प्रमुख एसएसपी रमेश खरेललाई सरुवा नगर्न गृह मन्त्रालयलाई आदेश दिएको छ । 
आयोगको निर्देशन विपरित सोधपुछका लागि भन्दै प्रहरी प्रधान कार्यालय तानेर जिम्मेवारीबाट वञ्चित गरिएका खरेललाई आज पुरानै जिम्मेवारीमा राख्न आयोगले लिखित आदेश दिएको हो ।
यसअघि आयोगले उपनिर्वाचनको आचारसंहिता लागू भइसकेको भन्दै खरेललाई सरुवा गर्ने गृह मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । तर, सोधपुछका लागि भन्दै प्रधान कार्यालय तानिएका खरेललाई काठमाडौंको जिम्मेवारीबाट वञ्चित गरिएको छ ।
एआइजी बढुवामा रकमको चलखेल भएको सार्वजनिक अभिव्यक्ति दिएपछि गृह मन्त्रालयले खरेललाई काठमाडौंबाट हटाउने निर्णय गरेको थियो । IMAGEKHABAR