भारतको दक्षिणी राज्य आन्द्र प्रदेश विभाजित भइ नयाँ तेलंगना राज्य

जेष्ठ १९ । भारतको दक्षिणी राज्य आन्द्र प्रदेश विभाजित भइ नयाँ तेलंगना राज्य बनेको छ । २९औं राज्य बनेको तेलंगनामा मुख्यमन्त्री चन्द्रशेखर राव बनेका छन् ।
तेलंगना राज्य बन्नुअघि आन्ध्र प्रदेशमा लगाइएको राष्ट्रपति शासन हटाइएको थियो । ३ करोड ५० जनसंख्या रहेको तेलंगनाका बासिन्दाले ५० वर्षदेखि अलग्गै राज्यको माग गर्दै आन्दोलन गर्दै आएका थिए ।
भारतकै अविकसित क्षेत्रमा पर्ने तेलंगना राज्यमा १० जिल्ला र विधानसभाको १ सय १९ सीट रहने छ । १० वर्षसम्म दुवै राज्यको राजधानी हैदरावाद नै रहने छ । – एजेन्सी