जेष्ठ २० । तीन बर्ष देखि गृह युद्धको चपेटामा परेको सिरियामा आज राष्ट्रपति पदका लागि निर्वाचन हुंदैछ । राष्ट्रपति बसार अल असादलाई हटाउन पश्चिमा राष्ट्र र अलकायदा सम्बद्ध लडाकुहरुले गरेका आक्रमणहरुलाई सरकारले असफल पारेपछि असादको सत्तालाई बैधानिकता दिन यो चुनाव गरिएको हो ।
तीन बर्ष लामो संघर्षमा दशौ हजारले ज्यान गुमाएका छन् भने लाखौं शरणार्थी बनेका छन् । चुनावमा असाद, मेहर हज्जर र हसिन अल नुरी गरी तीन उम्मेदवारबीच प्रतिष्पर्धा हुंदैछ ।
चुनावमा असादले ठूलो मतान्तरले जित्ने आंकलन गरिएको छ । यसपटक पनि असादले जितेमा उहालें राष्ट्रपतिको सात बर्षे तेस्रो कार्यकाल सम्हाल्नु हुनेछ । पश्चिमा राष्ट्रहरुले भने निर्वाचनको बैधानिकतामाथि प्रश्न उठाएका छन् । सरकार विरुद्ध लडिरहेका विद्रोहीहरुले निर्वाचन बहिष्कार र विथोल्ने चेतावनी दिएका छन् । AGENCIES