भारतको नयां दिल्लीमा भएको सडक दुर्घटनामा केन्द्रीय ग्रामीण विकास मन्त्री गोपीनाथ मुण्डेको निधन

Indian Minister Munde dies in road accident
जेष्ठ २० । भारतको नयां दिल्लीमा भएको सडक दुर्घटनामा केन्द्रीय ग्रामीण विकास मन्त्री गोपीनाथ मुण्डेको निधन भएको छ । दिल्लीबाट मुम्बई जाने क्रममा विमानस्थलतर्फ जादै गर्नु भएका मुण्डेको गाडीलाई अर्को गाडीले ठक्कर दिएको थियो ।
मन्त्री मुण्डेलाई एम्स अस्पतालमा मृत घोषणा गरिएको हो । मुण्डे भारतीय जनता पार्टीका केन्द्रीय नेता, महाराष्ट्रका उप मुख्यमन्त्री समेत भएका थिए ।
मुण्डेको शवलाई पार्टी कार्यालयमा श्रद्धान्जलीका लागि राखी भोलि महाराष्ट्रमा अन्त्येष्टी गरिने बताईएको छ । AGENCIES