संसदको बैठक चालु गर्ने उपायको बारेमा छलफल

काठमाडौं, जेष्ठ २० । प्रधानमन्त्री सुशील कोइराला र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच संसदको बैठक चालु गर्ने उपायको बारेमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा तीन दलको बैठक बोलाएर समाधान खोज्ने सहमति भएको छ ।
आज दिउंसो तीन दलको बैठक बस्ने भएको छ । छलफलमा प्रचण्डले सरकारले आर्थिक वर्ष अन्त्यको मौका पारेर आफुखुशी रकम बाँडेको भन्दै प्रधानमन्त्री कोइरालाको ध्यानाकार्षण गराएका थिए ।
त्यसैगरी २६ जना सभासद् मनोनयन गर्ने बिषयमा समेत छलफल भएको अध्यक्ष प्रचण्डले जानकारी दिए । प्रचण्डले दलहरुबीच भएको चार बुँदे सहमति कार्यान्वयन गर्न पनि प्रधानमन्त्री कोइरालासंग आग्रह गरेका थिए । IMAGEKHABAR