२० जेठ, काठमाडौं । प्युठानमा भएको सवारी दुर्घटनाको अवस्था बुझ्न उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम प्युठान पुगेका छन् । सोमबार तीर्थयात्रु बोकेको बस प्युठानको गोठिवाङ-१ मा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।
गौतमले बिहानै घटनास्थपमा पुगि अवलोकन गरेका थिए । प्युठान क्षेत्र नम्बर एकबाट निर्वाचित सभासद समेत रहेका गौतम घटनास्थल पुगेर दुर्घटनाबारे जानकारी लिएको प्रेस संयोजक विश्वमणी सुबेदीले बताए ।
हेलिकोटप्टरबाट प्युठान पुगेका गौतमले भिंग्रीमा आयोजित स्वास्थ्य शिविरको उद्घाटन गरेका छन् । त्यस्तै गौतम आजै प्युठानमा विमानस्थल निर्माणका लागि प्रस्तावित क्षेत्र चाल्नेटारको अवलोकन एवं प्राविधिक परीक्षणको कार्यक्रममा सहभागी भएर साँझ काठमाडौं फर्केका छन। ONLINEKHABAR