जेष्ठ २१ । क्युवाको ग्वान्तानामो बेस्थित कारागारबाट रिहा भएका कैदीमध्ये १७ प्रतिशत फेरि आतंकवादी हर्कतमै सामेल भएको खुलासा भएको छ । अमेरिकी गुप्तचर एजेन्सीको एक रिपोर्टमा छुटेका कैदी मध्ये अरु १२ प्रतिशत आतंकवादी गतिविधिमा संलग्न रहेको हुनसक्ने आशंका गरिएको छ ।
पछिल्लो १२ वर्षको विश्लेषणबाट ग्वान्तानामो जेलबाट बिना सर्त रिहा भएका कैदी आतंकवादी गतिविधिमा फर्किएको पाइएको हो । आतंकवादी संगठनको बोलावट र फर्केपछिको वातावरण खराब हुनाले ती कैदी फेरि पुरानै गतिविधिमा फर्किएको रिपोर्टमा उल्लेख छ ।
अमेरिकाले यस्ता केदीलाई आतंकवादी भन्दै उनीहरुसँग कुनै वार्ता हुन नसक्ने जनाउदै आएको छ ।
यता, हालै मात्र अमेरिका र तालिबानबीचको सौदाबाजीमा तालिबानको नियन्त्रणमा रहेका एक अमेरिकी सैनिक रिहा भएका थिए । बदलामा ग्वान्तानामो कारागारमा रहेका पाँच अफगान कैदी रिहा गरिएको थियो ।
यो घटनालाई लिएर अमरिकामा ओबामा प्रशासनको चर्को आलोचना भएको छ भने तालिबानले यसलाई आफ्नो जितको रुपमा व्याख्या गरेको छ । (एजेन्सी)