काठमाडौं, जेष्ठ २२ । प्रधानमन्त्री सुशील कोइराला आज उत्तरी छिमेकी देश चीनको भ्रमणमा गएका छन् । प्रधानमन्त्री कोइराला दोस्रो चाईना एक्स्पोमा भाग लिन युनान प्रान्तको कुनमिन गएका हुन् ।
हिजो बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गर्दै प्रधानमन्त्रीसँग विभिन्न दलका सभासदसमेत सहभागी हुने निर्णय गरेको हो । भ्रमण दल तेतीस सदस्यीय छ । प्रधानमन्त्री कोइरालाले भोली सो प्रदर्शनी उद्घाटन समारोहमा विशेष सम्बोधन गर्ने भएका छन् ।
यस पर्दशनीमा नेपाललाई कन्ट्री अफ अनरको रुपमा छनौट गरिएको छ । प्रदर्शनीमा नेपालसम्बन्धी स्टलहरु विशेष रुपमा सजाइृएका छन् । प्रदर्शनीमा नेपालसहित ४६ देशले भाग लिएका छन् । प्रधानमन्त्री कोइराला र चिनियां नेताहरुबीच राजनीतिक कुराकानी पनि हुने बताईएको छ । IMAGEKHABAR