अर्घाखाँचीमा भएको नेपाल बायुसेवा निगमको जहाज दुर्घटना पाइलटको जिद्धिका कारण भएको जाँचबुझ आयोगको ठहर

काठमाडौं २०७१ जेष्ठ २२ बिहीवार । अर्घाखाँचीमा भएको नेपाल बायुसेवा निगमको जहाज दुर्घटना पाइलटको जिद्धिका कारण भएको जाँचबुझ आयोगले ठहर गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीम आचार्यलाई बिहीबार प्रतिवेदन बुझाउँदै आयोगले पाइलटले जिद्धि गरेर जोखिम मोल्न खोज्दा जहाज दुर्घटना भएको जनाएको छ । पाइलट र को-पाइलटबीच आवश्यक तालमेल नहुदा पनि जहाज दुर्घटनामा परेका जाचबुझ आयोगका अध्यक्ष त्रिरत्न मानन्धरले बताए ।
काठमाडौंबाट पोखरा हुादै जुम्लातर्फ जाने क्रममा निगमको टि्वनअटर जहाज जहाज ०७० फागुन ४ गते अर्घाखाँचीको  मसिनेलेकमा दुर्घटनामा परेको थियो । दुर्घटनामा जहाजमा सवार १५ जना यात्रु र तीनजना चालक दलका सदस्यसहित १८ जनाको घटनास्थलमै मृत्यू भएको थियो ।
पश्चिमी बायुले मौसम खराब हुदा त्यो बेला अधिकांश उडान स्थगित भएका थिए । कहिल्यै जोखिम नमोल्ने क्याप्टेन शंकर श्रेष्ठले त्यतिबेला किन जोखिम मोलेर उडान भरे ? जाचबुझ अयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेले भने, जहाज अभावका कारण पाइलटहरुले अवसर नपाउादा जोखिम मोलेर भएपनि उडान भर्छु भन्ने मनसाय बोकेको हुन सक्छ ।
उडानका क्रममा पाइलट शंकर श्रेष्ठ र को-पाइलट रविन्द्र महर्जनबीच राम्रो समन्वय नभएको प्रतिवेदनमा उल्लेख छ । को-पाइलटले जहाज मोड्न गरेको आग्रह पाइलटले पालना नगरेको बताइएको छ । पाइलट र को-पाइलटबीचको दूरीले दुर्घटनालाई मलजल गरेको पाइएको लामिछानेले बताए ।
जहाज पुरै नियन्त्रणमा रहादा पनि पाइलटले उडान भरिरहेको भौगोलिक क्षेत्र र जमीन र जहाजको दूरीबारे जहाज पहाडमा ठोक्किदासम्म थाहा नपाएको जााचबुझको क्रममा देखियो लामिछानेले भने, पाइलटले एफभीआर रुल नाघेर नाघेर जबरजस्ती आईएफआर रुलमा प्रवेश गरेर जहाज उडाएको देखिन आएको छ ।
 काठमाडौं र जुम्लाको मौसममा थोरै सुधार भएपछि जहाजले उडान थालेको थियो । जहाज पोखरा विमानस्थलमा ल्यान्ड गरेर जुम्लाका लागि उडेको हो । उडानका क्रममै मौसम खराब भएपछि जहाज ढोरपाटन हुादै जुम्ला जानुपर्नेमा दक्षिणी मोहोडाबाट नेपालगञ्ज ल्यान्ड गर्ने गरी अगाडि बढ्न खोजेको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
जहाजमा राखिएको जिपिएस पुरानो भएर काम नगरेकाले जाचबुझमा त्यसबाट कुनै सूचना लिन नसकेको अयोगले जनाएको छ । पाइलटले एयरवसको ट्रेनिङ लिएको उल्लेख गर्दै आयोगका एक सदस्यले जबरजस्ती उडान भरेर निगमको मन जित्ने मनासय गरेको हुन सक्ने बताए ।
 आयोगले प्रतिवेदनमा एयरलायन्स अपरेटर, मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सुधारका लागि विभिन्न सुझाव दिएको छ ।
 प्रतिवेदन बुझ्दै मन्त्री आचार्यले नेपालमा प्रतिवेदन सार्वजनिक भएर कार्यान्वयन नहुने अवस्था रहेको बताए । आयोगले दिएका सबै सुझावहरु गम्भीररुपमा पालना गर्न उनले सम्बन्धित पक्षलाई निर्देशन दिए ।
 
आयोगले सुधारका लागि दिएका सुझाव कहिलेसम्म कार्यान्वयन गर्न सकिन्छ, १० दिनभित्र मिति उल्लेख गरेर बुझाउनुस