क्यानडामा अज्ञात बन्दुकधारीद्धारा तीनजना प्रहरीको गोली हानी हत्या

जेष्ठ २२ । क्यानडामा अज्ञात बन्दुकधारीले तीनजना प्रहरीको गोली हानी हत्या गरेका छन् । क्यानाडाको न्यू ब्रन्स्विक राज्यमा प्रहरी सवार गाडीलाई लक्षित गरी गोली प्रहार गर्दा उनीहरु मारिएका हुन् ।
कम्ब्याट ड्रेस लगाइ सडकको बीचमा उभिएर २६ वर्षीय एक युवकले प्रहरीमाथि गोली प्रहार गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
घटनामा दुईजना प्रहरी गम्भीर घाइते भएका छन् । हत्याराको व्यापक खोजी भइरहेको क्यानडा प्रहरीले जनाएको छ । (एजेन्सी)