ओखरबोट-९ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
शुक्रबार साँझ खेतकारीमा काम गर्ने क्रममा वर्षा भएपछि ओत बस्न गएको समयमा चट्याङ लागेर ३२ वर्षीया कलिमा घर्तीको मृत्युभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चट्याङबाट गम्भीर घाइते भएकी घर्तीलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा लैजाँदै गर्दा मृत्यु भएको थियो ।
त्यस्तै सोही चट्याङबाट ४८ वर्षका धनबहादुर घर्ती र पुनम घर्तीसमेत घाइते भएका छन् । घाइतेमध्ये धनबहादुर उपचार गरी घर फर्किएको र पुनमको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । रासस
चट्याङ लागेर तनहुँमा एक जनाको मृत्यु
चट्याङले लागेर शनिबार बिहान तनहुँमा एक जनाको मृत्यु भएको छ ।
तनहुँ जिल्लाको व्यासनगरपालिका