काठमाडौं, जेष्ठ २३ – अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले स्थानीय निकायको चुनाव सक्दो चाँडो गर्न सरकारलाई आग्रह गरेको छ ।
आफ्नो १९ औं वर्षगाँठ मनाउने क्रममा सुशासन, मानवअधिकार र लोकतन्त्रका लागि आवश्यक कामहरु गर्नु पर्ने १३ बुँदे प्रस्ताव पारित गर्दै इन्सेकले स्थानीय चुनाव, एक वर्षभित्रमै संविधानगायतका मागहरु गरेको हो । IMAGEKHABAR