एकीकृत माओवादीद्धारा सरकारकै कारण संसदमा अवरोध कायमै रहेको आरोप

काठमाडौं, जेष्ठ २४ । एकीकृत माओवादीले सरकारकै कारण संसदमा अवरोध कायमै रहेको आरोप लगाएको छ । 
आज पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा पत्रकार सम्मेलन गरेर एमाओवादी प्रवक्ता दिनानाथ शर्माले संसद सुचारु गर्न सरकार गम्भीर नबनेको आरोप लगाए ।
रकमान्तरबारे समेत स्पष्ट जवाफ दिन नसक्ने सरकारबाट जनताको पक्षमा काम हुने आशा गर्न नसकिने उनको भनाइ थियो ।
नेपाली कांग्रेस र एमालेले प्रतिपक्षीहरुको भूमिकालाई अवमूल्यन गरेको भन्दै उनले अझै पनि मुलुकलाई सहमतिबाटै अघि बढाउनुपर्नेमा जोड दिए ।
उनले विभिन्न कम्युनिष्ट पार्टीहरुसँग एकताको प्रयास भइरहेको समेत बताए । IMAGEKHABAR