युक्रेनका नवनिर्वाचित राष्ट्रपति पेट्रो पोरोशेन्कोद्धारा राष्ट्रपतिको सपथ

जेष्ठ २४ । युक्रेनका नवनिर्वाचित राष्ट्रपति पेट्रो पोरोशेन्कोले आज राष्ट्रपतिको सपथ लिएका छन् । अमेरिकी उपराष्ट्रपति जो बाइडेन लगायतका दजनौं विदेशी अतिथिमाझ सपथ लिएपछि राष्ट्रपति पोरोशेन्कोले द्धन्द्धग्रस्त पूर्वी युक्रेनमा शान्ति बहाली गर्ने योजना प्रस्तुत गरे ।
उनले पूर्वी युक्रेनका जनतालाई राजनीतिक सहमतिको प्रस्ताव राख्दै आफू युद्ध र बदलाको पक्षमा नरहेको स्पष्ट पारे । गत मार्चमा मस्कोले विलय गराएको क्राइमिया सधैं युक्रेनको भू