काठमाडौं, जेष्ठ २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले अख्तियारले नेताहरुको सम्पत्तिबारे पनि छानबिन थालेको बताएका छन् । अख्तियारले भ्रष्टाचार नियन्त्रण, भ्रष्टहरुमाथि कारबाही गरेर विधिको शासन स्थापित गर्न लागिपरेको भन्दै उनले नेताहरुको सम्पतिबारे पनि छानबिन भइरहेको बताए ।
आज राजधानीको गोल्फुटारस्थित बोकाज इन्टरनेसनलको उद्घाटन गर्दै कार्कीले भ्रष्टाचार गर्नेहरु कसैलाई पनि नछाड्ने चेतावनी दिए । भ्रष्टाचार गरेको आरोपमा मुद्दा लागेपछि परिवार र नातेदारको नाममा सम्पत्ति राख्ने क्रम बढेको उल्लेख गर्दै उनले त्यस्ता विषयको प्रमाण खोज्ने काम भइरहेको बताए ।
बोकाज इन्टरनेसनलले काठमाडौंभित्रै ग्रामीण वातावरणमा रेष्टँुरा सञ्चालन गर्नुका साथै अग्र्यानिक कृषि खेती तथा बाख्रा, बोका, खसी, लोकल कुखुरा उत्पादन र विक्री-वितरण गर्ने जनाएको छ । IMAGEKHABAR