काठमाडौं, जेष्ठ २५ । आजबाट अवरुद्ध संसद अधिवेशन नियमित गर्न एकीकृत माओवादीसहितका दलहरु राजी भएका छन् । मुख्य तीन दलका शीर्ष नेताहरुबीच हिजो भएको छलफलमा आफूलगायतका दलले गर्दै आएको संसद अवरोध हटाउन एमाओवादी सहमत भएपछि आज बोलाइएको संसद सुचालु हुने सम्भावना देखिएको हो ।
कांग्रेस, एमाले र एमाओवादीका नेताहरुले हिजो मधेशवादी दललाई समेत समेटेर उच्चस्तरीय राजनीतिक समिति बनाउने सहमति गरेका थिए । एमाओवादी लगायतका दलले राखेका मागबारे सरकारले आज संसदमा जवाफ दिनेछ ।
कांग्रेस, एमालेलगायतका दलहरुसँग भएको चार बुंदे सहमतिको कार्यान्वयन, अर्थ मन्त्रालयले गरेको रकमान्तर र उच्चस्तरीय राजनीतिक समिति गठनको माग राखेर एमाओवादीसहितका दलले केही दिनदेखि लगातार संसद बैठक चल्न दिएका थिएनन् ।
जसका कारण यही महिना नयाँ बजेट ल्याउने सरकारी योजनामा समेत बाधा पुगेको छ । IMAGEKHABAR