काठमाडौं, जेष्ठ २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष टंंक आङवुहाङसहित १८ जना पदाधिकारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले काठमाण्डौको मुलपानीस्थित क्रिकेट मैदान र भवन निर्माणमा अनियमितता गरेको भन्दै अध्यक्ष आङवुहाङसहित क्यान पदाधिकारीहरु विरुद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारले क्यान पदाधिकारीले १ करोड ४३ लाख रुपैंया भ्रष्टाचार गरेको दाबी गर्दै मुद्दा दायर गरेको छ । अदालतमा मुद्दा दायर भएपछि क्यान पदाधिकारीहरु स्वत निलम्बनमा परेका छन् । IMAGEKHABAR