उपनिर्वाचन आउन दुई सातामात्र वाँकी हुदां पार्टीका नेता तथा कार्यकर्ता तिव्र रुपमा चुनावी आभियानमा होमिए

काठमाडौं, जेष्ठ २५ । उपनिर्वाचन आउन दुई सातामात्र वाँकी हुदां पार्टीका नेता तथा कार्यकर्ता तिव्र रुपमा चुनावी आभियानमा होमिएका छन् । आफुलाई अध्याधिक वहुमतले जिताउन आग्रह गर्दै उम्मेदवारहरु जनताको घरदैलो पुग्ने क्रम जारी छ ।
काठमाण्डौं क्षेत्र नंवर २ का नेपाली कांग्रेसका उम्मेदवार दीपकप्रसाद कुईकेल संविधानसभा मार्फत समयमै संविधान वनाउन सक्रिय रुपले लाग्ने बताउँछन् । कुइकेललेक्षेत्र नंवर २ को प्राकृतिक, धार्मिक एवं सांस्कृतिक क्षेत्रको विकास आवश्यक भएको बताउँछन् ।
 उपनिर्वाचन नजिकिदै गएपनि मतदाताहरुमा भने चुनावी माहोलले छुन सकेको छैन । IMAGEKHABAR