नेकपा-माओवादीद्धारा तत्काल गोलमेच सभाको आब्हान गरी समस्याको समाधान खोज्नुपर्ने माग

काठमाडौं, जेष्ठ २६ । संविधानसभा निर्वाचन प्रक्रिया बहिष्कार गरेको नेकपा माओवादीसंग नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका शिर्ष नेताहरुले आज वार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको आजको वार्तामा माओवादीका नेताहरुले तत्काल गोलमेच सभा आब्हान गरी समस्याको समाधान खोज्नुपर्ने माग गरेका छन् ।
गोलमेच सभाबाट गरिएको निर्णय र विगतमा भएका सहमति कार्यान्वयन गरिएमा आफुहरु पनि नयां संविधान निर्माण प्रक्रियामा सहभागी हुने माओवादी नेताहरुले बताएका छन् ।
माओवादी संविधान निर्माण प्रक्रियामा सहभागी हुने भए उसलाई बांकी २६ सिटमा मनोनीत गर्न सकिने सत्ताधारी दलका नेताहरुले बताएका छन् । एमाओवादी नेता डाक्टर बाबुराम भट्टराईले माओवादीसंगको वार्ता सकारात्मक भएको भन्दै तीन दलवीचमा थप छलफल गरेर अगाडि बढ्ने जानकारी दिए । IMAGEKHABAR