महेन्द्रनगर, जेष्ठ २६ । कञ्चनपुरमा अत्याधिक गर्मी बढेपछि पाँच दिनका लागि शिक्षण संस्थाहरु बन्द गरिएका छन् ।
शिक्षा कार्यालयमा बसेको विद्यालय संचालक र शिक्षक संगठनहरुको संयुक्त बैठकले पांच दिन पठनपाठन बन्द गर्ने निर्णय गरेका हो ।
केही दिनदखि गर्मी ह्वात्तै बढेर विद्यार्थीहरु बेहोस हुने क्रम बढेपछि अभिभावकहरु पठनपाठन बन्द गराउन विद्यालय पुगेका छन् ।
बन्चनपुरमा अहिले दैनिक सरदर तापक्रम ४५ डिग्रीसम्म पुग्ने गरेको छ । कञ्चनपुरमा २ सय ६२ सामुदायिक विद्यालय र दुई सय निजी विद्यालय छन् । AGENCIES