नेपाल प्रेस युनियनको आगामी असार ४ र ५ गते पोखरामा हुने भनिएको आठौँ राष्ट्रिय महाधिवेशन स्थगित

नेपाल प्रेस युनियनको आगामी असार ४ र ५ गते पोखरामा हुने भनिएको आठौँ राष्ट्रिय महाधिवेशन स्थगित भएको छ ।
मुलुकका विभिन्न चार निर्वाचन क्षेत्रमा आगामी असार ८ गते उपनिर्वाचन हुन गइरहेको र त्यसमा युनियन सम्बद्ध सञ्चारकर्मी समाचार सङ्कलन तथा सम्प्रेषणमा व्यस्त रहनुपर्ने भएकाले महाधिवेशन स्थगित गरिएको युनियनले बताएको छ ।
महाधिवेशनको अर्काे मिति नतोकिए पनि आगामी असार ३ गते बस्ने केन्द्रीय समितिको बैठकले छिट्टै मिति तोक्ने कार्यवाहक अध्यक्ष बद्री सिग्देलले बताए ।
युनियनले सोमबार विज्ञप्ति जारी गरी तोकिएको मितिमा महाधिवेशन हुन नसक्दा पार्षद तथा सदस्यहरूमा पर्न गएको असरप्रति क्षमायाचना गरेको छ । रासस