युरोपियन नेताहरु वार्तामा जुटे

जेष्ठ २७ । युरोपियन कमिसनको नेतृत्वमा कसलाई ल्याउने भन्नेमा बेलायत र जर्मनीबीच विवाद बढेपछि त्यसको हल खोज्न नेताहरु वार्तामा जुटेका छन् । स्वीडिस प्रधानमन्त्रीले आयोजना गरेको शिखर वार्तामा स्वीडेन, बेलायत, जर्मनी र नेदरल्याण्डसका सरकार प्रमुखहरु संलग्न छन् ।
स्टकहोल्म्सनजिक स्वीडिस प्रधानमन्त्रीको निवासमा आयोजित मिनी इयू सम्मेलन मानिएको वार्ताको एजेण्डा युरोपमा सुधारका लागि के-के गर्न सकिन्छ भन्ने रहेको छ ।
युरोपियन कमिसनको प्रमुख कसलाई बनाउने भन्ने विषय मुख्य रुपमा छलफल हुनेछ । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन लक्जेम्बर्गका नेता जीन क्लाउड जन्करको विपक्षमा छन् भने जर्मन चान्सलर एन्जेला मर्केल जन्करलाई प्रमुख बनाउनुपर्ने पक्षमा छन् । दुई देशबीच आफ्ना पक्षमा अरु नेतालाई तान्ने प्रयास भैरहेको छ ।
बेलायत, स्वीडेन र नेदरल्याण्डस् जन्करको उम्मेदवारी रोक्ने पक्षमा लागेका छन् भने युरोपियन संसदको मध्य