काठमाडौं, जेष्ठ २७ । नेकपा एमालले विधान परिमार्जन गर्न अध्यक्ष झलनाथ खनालको संयोजकत्वमा १३ सदस्यीय कमिटी बनाएको छ । आज बिहान बसेको केन्द्रीय समितिको बैठकले खनालको नेतृत्वमा कमिटी गठन गरेको हो ।
नेकपा एमालेको नवौं महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्तावबारे आज दिउँसो बस्ने केन्द्रीय कमिटी बैठकमा फेरि छलफल हुँदैछ । बैठकमा केन्द्रीय समितिलाई बहुपदीय बनाउने गरी विधान संशोधन प्रस्ताव लैजानुपर्ने बारेमा नेताहरुले जोड दिने भएका छन् ।
बैठकमा प्रस्तुत प्रस्तावमा विधानको प्रस्तावना, झण्डा र सपथग्रहणको भाषासम्बन्धी विषय पनि समावेश छन् । विधानमा वरिष्ठ नेता, तीन उपाध्यक्ष र पाँच सचिवसहितको पदाधिकारीको व्यवस्था गर्नुपर्ने भन्दै बैठकमा प्रस्ताव पेश गरिएको छ । IMAGEKHABAR