काठमाडौं, जेष्ठ २७ । समयमै संविधान जारी गर्न संविधानसभालाई शीर्ष नेताहरुको घेराबाट बाहिर ल्याउनुपर्नेमा संविधानसभाका सदस्यहरुले जोड दिएका छन् । नेपाल कानुन समाजले राजधानीमा गरेको कार्यक्रममा उनीहरुले समयमै संविधान जारी गर्न विगतका गल्तीलाई सच्याएर अघि बढ्नुपर्ने बताए ।
जनताका सुझाबलाई ग्रहण गर्न सकेमात्र जनमुखी संविधान बन्ने धारणा सभासदहरुको थियो ।
कार्यक्रममा नेपाली कांंग्रेसका सभासद रमेश लेखकले जनताका भावनालाई सम्बोधन गरेमात्र संविधानमा जनताको स्वामित्व हुने बताए ।
पूर्वसभासद अग्नि खरेल र राधेश्याम अधिकारीले सभासदका कारण नभइ शीर्ष नेताहरुका कारण अघिल्लो पटक संविधान बन्न नसकेको टिप्पणी गरे ।
कार्यक्रममा सभासदहरुले शीर्ष नेताहरुको एकलौटी सिन्डिकेट तोडेर अगाडि बढ्न सके मात्र समयमै संविधान आउने जिकिर गरे । IMAGEKHABAR