अर्घाको रजस्थल विद्यालयमा अज्ञात रोगका कारण छात्रा बिद्यार्थी ढल्न थाले

गणेश खनाल



अर्घा, अर्घाखाँची – बुधबार, जेठ २८, २०७१। अर्घाखाँची जिल्लाको अर्घा रजस्थल माध्यमिक विद्यालय अर्घामा विगत १ एक हत्तादेखि अज्ञात रोगका कारण दैनिक ८-९ जना विद्यार्थी विरामी पर्न थालेका छन्। कक्षा कोठा भित्र अध्ययन गरिरहेका बेला ढल्ने र तुरुन्तै कामीरहने खालको रोग लागेको प्रअ सालिकराम भुसालले जानकारी दिए।

 



अर्घा रजस्थल माविमा अज्ञात रोगबाट विरामी परेका विद्यार्थी।




१ हत्ता देखि दैनिक ८-९ जना विद्यार्थी  विरामी पर्ने गरेको भुसालले बताए।  कोठामा पढाउँदा पढाउँदै ढल्ने गरेको बताउँदै केहि घण्टा पछि आफै ठीक हुने गरेको उनले बताए । बिरामी पर्ने सबै छात्रा १३ देखि १५ वर्ष सम्मका छन्। मनिषा रायमाझीकी आमा पवित्रा रायमाझी डाक्टरसँग उपचार गराएर पनि केहि नभएको भन्दै फिर्ता पठाएको बताइन् ।

 

यस्तो खालको रोग लागेपछि अभिभावक चिन्तित भएका छन्। आफन्तहरु धामि झाक्रि, झारफुक तिर लागे पनि केहि समय निको हुने फेरि उस्तै हुने गरेको अभिभावकको भनाई छ। दैनिक जसो विद्यार्थी विरामी पर्दै गएकाले विद्यालय नै बन्द गर्नु पर्ने अवस्थामा पुगेको शिक्षक बलराम रायमाझीले बताए।

 

उमेरका कारण यस्तो भएको हुन सक्ने जनस्वास्थ्य अधिकृत लिलाराम गौतमले बताए । जिल्ला शिक्षा कार्यालयकी शाखा अधिकृत जमुना चुदालीले आफूहरु आवश्यक पहल गर्ने बताए ।



अन्य समाचारहरु