बाराको रामपुर टोकनीमा पेट्रोलियम पदार्थ चोरी गर्ने तीनजनालाई पक्राउ

बाराको रामपुर टोकनीमा रोकिराखेको तेल ट्याङ्करबाट पेट्रोलियम पदार्थ चोरी गरिरहेको अवस्थामा प्रहरीले मंगलबार राती तीनजनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी मध्य क्षेत्रीय कार्यालय पथलैया र नेपाल प्रहरीको टोलीले ना२ख ४५४९ नम्बरको ट्याङ्करबाट हवाई इन्धन १५० लिटर, डिजल २० लिटर र मट्टितेल १० लिटर दसीसहित उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक कुमारविक्रम थापाले बताए ।
पक्राउ पर्नेमा रामपुर टोकनी