नेपाली कांग्रेसकी सभासद रिताकुमारी शाहीमाथि दुव्र्यवहार र मुक्का प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
रामेछाप चिसापानीका टिकाराम सुन्दासलाई बुधवार साँझ काठमाडौंको बत्तिसपुतलीमा अर्की एक महिलामाथि हातपात गर्दै गरेको अवस्थामा पक्राउ परेको महानगरीय प्रहरी प्रभाग गौशालाका डिएसपी अभिनारायण काफ्लेले जनाए।
काफ्लेका अनुसार सोधपुछ गर्दै जाँदा सभासद शाहीमाथि हातपात गर्ने पनि उनै भएको खुलेको बताए।
बिहीबार सुन्दासलाई प्रहरीले सार्वजनिक सार्वजनिक अपराधमा मुद्दा चलाएको छ।
बानेश्वर प्रहरीले सुन्दासलाई जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइसकेको र उनले सभासदमाथि पनि आफैंले हातपात गरेको बयान दिएको प्रहरीले जनाएको छ।
सुन्दासको बत्तिसपुतलीमा सिलाइबुनाइ पसल रहेको छ । उनी बत्तिसपुतलीमा पनि एक महिलाको जिउमा हात हाल्ने र दुव्र्यवहार गरि भाग्ने क्रममा पक्राउ परेको प्रहरीले जनाएको छ।
बुधवार अपरान्ह सभासद शाहीमाथि हातपात भएको थियो । SETOPATI
प्रकाशित मिति: बिहिबार, जेठ २९, २०७१