जेष्ठ २९ । नाइजेरियाको चरमपन्थी समूह बोको हरामको अपहरणमा परेका बालिकाहरुलाई छुटाउन अभियान चलाएका समूह ब्रिङ ब्याक आवर गल्र्सले नाइजेरियाली राष्ट्रपति गुडलक जनाथनलाई भेटी बालिकाहरुको रिहाइका लागि दबाब दिएका छन् ।
साथै उनीहरुले नाइजेरियाली सेनाको कमजोरीको धज्जी उडाउँदै सेनाका लापरबाहीका कारण बालिकाहरु अपहरणमा परेको भन्दै राष्ट्रपतिको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रपतिसँगको भेटका क्रममा अभियानकर्ताहरुले राष्ट्रपतिले ठोस पहल नगरेको भन्दै कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । ती अभियानकर्ताहरुले बालिकाहरुको रिहाइका लागि उनीहरुको संवेदनशीलतालाई ध्यानमा राखीे रिहा गर्न चरमपन्थी समूह बोको हरामसँग अपील समेत गरेको छ ।
नाइजेरियाको चिबोक सहरस्थित एक विद्यालयबाट अपहरणम परेका २ सय भन्दा बढी बालिकाको अवस्था अझै अज्ञात छ । अपहरण भएको दुई महिना बितिसक्दा पनि सरकारले बेवास्ता गरेको भन्दै बालिकाहरुका अभिभावकहरुले नाइजेरियाली सरकारले लगाएको प्रतिबन्धलाई नकार्दै प्रदर्शन यथावत राखेका छन् ।
आफ्ना बालिकाहरुको अवस्थाबारे जानकारी गर्न दबाब दिंदै अभिभावकहरुले बालिकाहरुको रिहाइको जोडदार माग गरेका छन् । (एजेन्सी)