काठमाडौं, जेष्ठ ३० । यसवर्षको एसएलसी परीक्षाफल सार्वजनिक भएको छ। परीक्षामा ४३.९ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन्। एक्जामटेड तर्फ १० दशमलव ९२ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।
परीक्षामा नियमिततर्फ १ लाख ७३ हजार ४३६ विद्यार्थी उत्तिर्ण भएका छन् ।
यस वर्षको एसएलसी परीक्षामा ५ लाख ६६ हजार ८५ जना परीक्षार्थी सहभागी छन्। जसमध्ये नियमिततर्फ ४ लाख १९ हजार ३ सय ५२ र एक्जाम्टेडतर्फ १ लाख ४६ हजार ७ सय३३ जना सहभागी छन्।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार १८ हजार ११० परीक्षार्थी विशिष्ट श्रेणीमा पास भएका छन् । ८३ हजार ६३७ प्रथम श्रेणीमा पास हुँदा ६७ हजार ९४२ द्धितीय र ३१ हजार ७४७ परीक्षार्थी तेस्रो श्रेणीमा उत्तिर्ण भएका छन् । ५ हजार ५३१ परीक्षाले परीक्षा छाडेका छन् भने १३ सय ९ को स्थगन गरिएको छ ।
आशिंकतर्फ १४ हजार ५९१ परीक्षार्थी पास भएका छन् । यो कुल सहभागी १ लाख ३३ हजार ६२६ को १०.९२ प्रतिशत हो । आशिंकतर्फ कोही पनि विशिष्ट श्रेणीमा पास नभएको कार्यालयले जनाएको छ ।
२०६ परीक्षार्थी प्रथम श्रेणीमा पास हुँदा ११ हजार ४७७ द्धितीय र २ हजार ९०८ परीक्षार्थी तेस्रो श्रेणीमा उत्तिर्ण भएका छन् । ३ सय ७३ जनाको परीक्षा स्थगितगरिएको केन्द्रले जनाएको छ ।
RSS