अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापामाथि छानबिन गर्न माग गर्दै पदाधिकारी अख्तियारमा

काठमाडौं, जेष्ठ ३० । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष गणेश थापामाथि लागेको आरोपको छानबिन गर्न एन्फाकै पदाधिकारीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई गुहारेका छन् । घटनाको सत्यतथ्य छानबिन गरी दोषी ठहरिए कानुन बमोजिम कारबाही गर्न माग गर्दै एन्फाका उपाध्यक्ष कर्मछिरिङ शेर्पाको नेतृत्वमा एन्फा पदाधिकारीहरु आज अख्तियार पुगेका हुन् ।


खेलकुदमा व्यापक भ्रष्टाचार हुने गरेकाले पनि खेलको विकास सोंचे जसरी हुन नसकेको दलील उनीहरुको छ ।


थापामाथि रकम लिएर कतारको पक्षमा मतदान गरेको आरोप लागेको छ । बेलायतको