भ्रष्टाचारी र अपराधीलाई मृत्युदण्डको व्यवस्था संविधानमा राख्नु पर्ने मजदुर किसान पार्टीका नारायणमाज विजुक्छेको माग

३० जेठ, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सभासद नारायणमाज विजुक्छेले भ्रष्टाचारी र अपराधीलाई मृत्युदण्डको व्यवस्था संविधानमा राख्नु पर्ने बताएका छन् ।


संविधानसभमा तत्कालीन मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको प्रतिवेदनमाथि छलफलमा भाग लिँदै उनले पुँजीवादी समाजमा हदबन्दी नतोक्ने हो भने गरिब र धनीबीचको द्वन्द्व बढेर जाने बताउँदै बताए ।


सहरी विकास मन्त्री एवं कांग्रेस सभासद डा. नारायण खड्काले भूमिको हदबन्दी तोकिनुभन्दा प्रगतिशील भूमिकरको व्यवस्था हुनुपर्छ भन्दै राज्यको शासकीय स्वरुप सन्तुलन कायम राख्नुपर्ने बताए । एमााओवादी सभासद् शक्तिबहादुर बस्नेतले भूमिमाथिको एकाधिकार अन्त्य गरी जग्गाधनीलाई भोकाधिकार दिनुपर्ने र भूमिको सन्तुलित वितरण गर्नुपर्ने विचार राख्नुभयो ।


संघीय समाजवादीका अध्यक्ष अशोक राईले नेपाली नागरिकले सहज रुपमा नेपाली नागरिकता प्राप्त गर्न पाउनुपर्ने भन्दै प्रगतिशील भूमिकरमा जोड दिए । सभासद् सुरेन्द्र चौधरीले नेपाली नागरिकता वितरणलाई सहज बनाउन आवश्यक औंल्याए । ONLINEKHABAR