रौतहट, जेष्ठ ३१ । तराईक्षेत्रमा बढदै गएको गर्मी मौसमसंगै रौतहटमा सर्पदशंका बिरामीको संख्या बढदै गएको छ । गर्मी मौसम र बर्षायाममा सर्पहरु बाहिर निस्कने भएकाले खेत, बारी र जङ्गलमा घासदाउरा गर्न जानेहरु सर्पकोे टोकाईबाट बिरामी हुने गरेका छन् ।
सर्पको टोकाईबाट रौतहटमा मात्रै दैनिक १० जना भन्दा बढी बिरामी जचाउन आउने गरेको जिल्ला अस्पताल गौरले जनाएको छ । सर्पदशका बिरामीको लागि चन्द्रनिगाहपुर अस्पताल र गौर अस्पतालमामा उपचार हुदै आएको छ ।
तराईमा पाईने बिशालु सर्प करेत र गोमन प्रजातिका सर्पले टोकेमा तुरुन्त उपचार शुरु नगरे बिरामीको मृत्यु हुने गरेको स्वास्थ्यकर्मीहरु बताउछन् । सर्पदशका बिरामीको उपचार कम्तिमा २४ घण्टा चिकित्सकको निगरानीमा गराउनु पर्ने हुन्छ ।
सर्पदशको लागि दिईने एन्टीस्नेक भेनम जिल्ला अस्पताल गौरमा अभाब रहेको जनाइएको छ । बिशालु सर्पले टोकेर बिरामी ढिलो आएमा धेरै भाईल दिनुपर्नेभएकाले अस्पतालमा स्टकबढी राख्नु पर्ने हुन्छ । IMAGEKHABAR