एसएलसी अनुतिर्ण भएको भन्दै रुकुमको एकै विद्यालयका २ छात्राले आत्महत्या गरेका छन् ।
सोचेअनुसार नतिजा नआएपछि रुकुमकोट-६ छिप्रिदहिककी १५ वर्षीया रक्षा श्रेष्ठ र १५ वर्षीया गङ्गा थापाले झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । रक्षाले शुक्रबार साँझ र थापाले शनिबार विहान आत्महत्या गरेका हुन् ।
सोह्र सय डायल गर्दा सिम्बोल नम्बर छैन भनेपछि रक्षा आफ्नै कोठामा झुन्डिएकी थिईन । लामो समयसम्म छोरी कोठाबाट बाहिर नआएपछि बुबा सत्यप्रकाशले कोठामा हेर्दा छोरीलाई झुन्डिएको अवस्थामा भेटाएका थिए ।
रुक्मिणी उच्च मावि रुकुमकोटकी विद्यार्थी श्रेष्ठले जनता उच्च मावि पोखरा परीक्षा केन्द्रबाट परीक्षा दिएकी थिइन् । त्यस्तै खलङ्गा