रोकिएन बाघ आंतक, सन्धिखर्कको कुरमा फेरि बाघको आक्रमणबाट बालक घाइते

– गत बिहीवार गाउँ-गाँउमा बाघले आतंक मच्चाएको भन्दै सन्धिर्खक नगरपालिका १ बाँगी खोलाको तिरमा लुकीराखेको अवस्थामा प्रहरीले गोली हानी एक चितुवा मरेको थियो। बाँगी खोलाको छेउमा रहेको झाडीमा लुकी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट गएको टोलीले ९ राउन्ड गोली हानी चितुवा मार्न सफल भएको थियो ।  

प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची – १ असार । मान्छे खाने नरभक्षि चितुवा नै आफुहरुले मारेको स्थानीय प्रशासनले  दाबी गरेको दुइदिन बित्नै नपाउदै उहि ठाउमा फेरी बाघले बच्चा माथी आक्रमण गरेको छ  । 
 



 
शनिबार साझ करिब सबा ७ बजेको समयमा कुर निवासि घनश्याम सुनारका छोरा बर्ष २ का जीबन सुनारलाइ आफ्नै घरको आगनमा मा खेलिरहेको अबस्थामा बाघले आक्रमण गरेर घाइते बनाएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरिक्षक गोबिन्द पन्थीले बताउनु भयो ।  
बाघले आक्रमण गरेको तत्काल स्थानीयले देखेर चिच्चाए पछि बाघले बच्चा छाडेर भागेको स्थानीय बासिन्दाले बताएका छन ।  घाइते सुनारको जिल्ला अस्पताल सन्धिखर्कमा सामान्य उपचार पछि थप रातीनै थप  उपचारका लागि भैरहबा मेडिकलमा रिफर गरिएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ ।  
 


 


गएको जेठ २२ गते साँझ सन्धिखर्कको कुरमा नै बालकलाई खाएको घटना सेलाउन नपाउदै यो घट्ना फेरि भएको हो । 
अर्घाखाँचीमा एक बर्ष यता बाघको आक्रमणबाट ४ जनाको ज्यान गएको छ ।  बाघले , नुवाकोटमा २, किमडाडामा १ र सन्धिखर्कमा १ गरि ४ जना बालकको ज्यान गएको थियो । 
गएको जेठ २२ गते साझ सन्धिखर्क नगरपालिका वाड न २ कुर निवासि बर्ष ७ का सुरेस आचार्यलाइ आफ्नै घरबाट बाघले आक्रमण गरेर खाएको थियो ।  गएको बैसाख ३ गते किमडाडा गाविस वाड न.  १ मरासिनी टोला निवासी राम प्रसाद मरासिनी र शान्ता मरासिनीका छोरा २० महिनाको युबराज मरासिनीलाइ घरैबाट आकमण गरि लगेर बाघले खाएको थियो । 
त्यस भन्दा पहिले नुवाकोट गाविसको वाड न. ४ सुरसिंगमा  दुर्गाबहादुर नेपालीको  छोरा ३ बर्षिय नारायण नेपाली र पिताम्बर नेपालीको छोरा ६ बर्षिय उमे नेपालीलाइ बाघले खाएको थियो । 
 
सन्धिर्खकको बाँगी खोला तिरमा मारिएको चितुवा नियाल्दै जिल्ला प्रहरी कार्यालयका अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक दीपेन्द्र जिसी लगाएत अन्य प्रहरी।


 
सर्वसाधारणहरुले नरभक्षि बाघमार्न प्रशासनलाइ अनुरोध गरेपछी प्रहरी परिचालन गरी २९ गते बिहीवार सन्धिखर्क बागिखोलामा चितुवा मारीएको थियो ,मारीएको चितुवाले नै बच्चा खाएको प्रहरीले पुष्टि गरेपनी स्थानियबासिले भने बच्चा खाने चितुवा नभई बाघ भएको दाबी गर्दै आएका थिए ।
 
सन्धिखर्कको कुरबाट देखिएको सन्धिखर्क बजार लगायत ।

अन्य समाचारहरु