कुरका २ वर्षीय बालक जिवन सुनारलाई बाघले आक्रमण गरिपछि ।
– गणेश खनाल
सन्धिखर्क, अर्घाखाँची – १ असार । अर्घाखाँचीमा बाघले आंतक मञ्चाउन क्रममा नरोकीएपछि स्थानीय बासिन्दाहरु त्रसित बनेका छन् । ६ महिना यता जिल्लामा ४ बालवालीकाको बाघको आक्रमणबाट ज्यान गर्इ सकेको छ । शनिवार राती फेरी सन्धिर्खक नगरपालीका २ कुरका २ वर्षीय बालक जिवन सुनारलाई बाघले आक्रमण गरि गम्भिर घाईते बनाएको प्रहरी नायव उपरिक्षक दिपेन्द्र जि सीले बताए ।
घाईते बालकलाई थप उपचारका लागी बुटवल रिर्फर गरिएको डाक्टर जगन्ननाथ तिवारीले बताए । गाउँमा बाघले आतङ्ग मञ्चाएको भन्दै जेठ २९ जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोलीले सन्धिर्खक नगरपालीका १ बागी खोलाको झाडीमा लुकी राखेको अवस्थामा एक चितुवालाई प्रहरीले गोली हानी मारेको थियो । बाघको खोजीका लागी प्रहरी लागी परेको प्रहरी निरिक्षक गोविन्द पन्थीले बताए । गाउँमा बाघले आंतक मञ्चाउने क्रम नरोकीएको स्थानीयले बताएका छन् । बाघको डरले गाउँ साँझ मै सुनसान हुन थालेको स्थानीयको भनाई छ ।
बाघले गएको जेठ २२ गते साझ सन्धिखर्क नगरपालिका वाड न २ कुर निवासी बर्ष ७ का सुरेस आचार्यलाइ खाएको थियो । बैसाख ३ गते किमडाडॉ गाविस वाड न. १ मरासिनी टोला निवासी रामप्रसाद मरासिनी र शान्ता मरासिनीका छोरा २० महिनाको युबराज मरासिनीलाई घरैबाट आकमण गरि लगेर बाघले खाएको थियो ।
त्यस भन्दा पहिले नुवाकोट गाविसको वाडन.४ सुरसिंगमा दुर्गा बहादुर नेपालीको छोरा ३ बर्षिय नारायण नेपाली पिताम्बर नेपालीको छोरा ६ बर्षिय उमेश नेपालीलाइ बाघले खाएको थियो ।