प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची ४ असार । कृषि उद्यम केन्द्र काठमाण्डौ र अर्घाखाँची उद्योग वाणिज्य संघको आयोजनामा गुणस्तरीय बिउ, दुध र मासुजन्य पदार्थ संग सम्बन्धित नितिगत समस्याहरु पहिचान सम्बन्धि जिल्ला स्तरिय निजी संबाद कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्ने बक्ताहरुले निर्बाहमुखी कृषि ब्यबसायलाइ ब्यबसायीकरण बनाउनका लागि राज्यले नँया निति ल्याउनु पर्ने बताएका छन । उनीहरुले कृषिप्रधान देसमा आधुनिक तरिकाबाट कृषिको बिकास गर्न सके मात्र देसमा आर्थिक क्रान्ती हुने बताएका छन ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल,स्थानीय बिकास अधिकारी हेमराज भुसाल,नेपालि काग्रेसका जिल्ला सचिब लोकेन्द्र बिक, एमाओबादीका जिल्ला सदस्य डिलाराम पाण्डे, राष्ट्रिय जनमोर्चाका गोपाल पौडेल, नेकपा माओबादीका खिमबहादुर घर्ती, राप्रपाका सम्सोदीन मिया, युबा ब्यबसायी कुशल भुसाल, कृषि उद्यम केन्द्र काठमाण्डौका बाबुराम चुँदाली, लक्ष्मण कडेल , लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा पशुसेबा कार्यलयका डा. रामनारायण मण्डल, कृषि बिकास कार्यलयका शरद पाण्डे, कृषि बिकास बैंकका जनकराम पौडेलले आआफ्नो कार्यलयबाट प्राप्त हुने सेबा सुबिधाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रम उद्योग बाणिज्य संघ अर्घाखाँचीका बरिष्ठ उपाध्यक्ष अशोक श्रेष्ठको अध्यक्षता र शेसकान्त ओसनको सञ्चालनमा सम्पन्न भएको हो ।