असार ८ गते हुने उपनिर्वाचन प्रचार दौडाहाको लागि शीर्ष नेताहरू कैलालीमा

यही असार ८ गते हुने उपनिर्वाचनको प्रचारमा एक पछि अर्को राजनीतिक दलका केन्द्रीय नेताहरू  आइपुगेका छन् ।
कैलाली क्षेत्र नं ६ मा हुन गइरहेको उपनिर्वाचनको प्रचारका लागि नेपाली काँग्रेस, नेकपा (एमाले) र एनेकपा (माओवादी)का शीर्ष नेताहरूले विभिन्न चुनावी सभालाई सम्बोधन गरेका छन् ।
नेपाली काँग्रेसका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, केन्द्रीय सदस्य ईश्वरी न्यौपाने, पूर्व केन्द्रीय सदस्य सुनिलकुमार भण्डारी, महिला सङ्घकी केन्द्रीय अध्यक्ष डिला सङ्ग्रौला, सभासद् आरजु देउवालगायतले बुधबार कैलालीको उर्मा गाविसको चुनावी सभालाई सम्बोधन गरेका थिए भने भने उनीहरु अहिले चुनावी प्रचारका लागि फूलबारी पुगेका छन् ।
वरिष्ठ नेता देउवालगायतका केन्द्रीय नेताहरूको टोली फूलबारीलगायत धनगढीमा विभिन्न चुनावी सभामा व्यस्त रहने काँग्रेसका नगर सभापति नृपबहादुर ओडले बताए ।
बुधबार  चुनावी प्रचारका लागि एनेकपा (माओवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँग उपाध्यक्षद्वय नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी, महासचिव कृष्णबहादुर महरा, पोलिटब्युरो सदस्य लेखराज भट्टलगायतका नेताहरूले फूलबारी र जुगेडामा चुनावी सभालाई सम्बोधन गरेका थिए ।
अध्यक्ष दाहाल नेतृत्वको केन्द्रीय टोली आफ्ना उम्मेदवारलाई विजयी गराउन विभिन्न चुनावी सभामा व्यस्त रही बिहीबार डडेल्धुरातर्फ प्रस्थान गरेको एमाओवादीका नगर संयोजक रमेश धामीले बताए ।
असार ८ गते हुने उपनिर्वाचको तालिकाअनुसार आज चुनावी प्रचारको अन्तिम दिन भएकाले यहाँ केन्द्रीय नेताहरु आ