स्पेनका नयाँ राजा फेलिपे छैठौंले संसदमा सपथ लिदै राजगद्धी सम्हालेका छन् ।
संसदमा मुलुकको राष्ट्रप्रमुख घोषणा समारोहपछि बोल्दै राजा फेलिपेले राष्ट्र प्रमुखको हैसियतमा स्पेनी जनताले आफ्नो कुरा सुनाउन, बुझाउन, सचेत गराउन र सल्लाह दिन सक्ने भन्दै जनताको हितको सधैं रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
जनतालाई नयाँ र सम्बृद्ध स्पेन निर्माणमा लाग्न आह्वान गरे ।
४६ वर्षीय फेलिपेले संविधानलाई साक्षी राखेर सपथ लिएका हुन । आफ्ना पिता जुवाङ कार्लोसले स्वेच्छिक रुपमा गद्धी त्यागेपछि स्थानीय समय अनुसार बुधबार रातिबाट फेलिपेले राजगद्धी सम्हालेका थिए ।
सन् १९७० मा प्रजातन्त्र पुर्नबहाली भएपछि स्पेनमा यो पहिलो स्वेच्छिक गद्धी हस्तान्तरण हो ।