काठमाडौं गागलफेदी गाविसका सचिव तेजराज अर्याललार्इ घुस लिँदै गर्दा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेका छ।
काभ्रे बनेपाका एक सेवाग्राहीसँग राजश्व नतिरी प्रोपर्टी भ्यालुएसनको कागजात मिलाइदिन्छु भन्दै १५ हजार घुस लिँदै गरेको समयमा अख्तियारको टोलीले अर्याललाई पक्राउ गरेको आयोगले जनाएको छ।
गाविस सचिव अर्यालले झोलामा गाविसको खाली लेटरप्याड र स्ट्याम्प ल्याई अनामनगरस्थित शिखर फुडल्याण्डमा खाली प्याडमा सहीछाप गरी बाँकी विवरण आवश्यकतानुसार सेवाग्राही स्वयंले नै भर्ने गरी कागज तथा रकम लिने दिने गर्दै गर्दा टोलीले पक्राउ गरेको अख्तियारले जनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा १९ को उपदफा ९३० बमोजिम अर्याललाई तत्काल पदबाट निलम्बन गर्न काठमाडौंका स्थानीय विकास अधिकारीलाई पत्र लेखी पठाइएको पनि अख्तियारले जनाएको छ।
SETOPATI
प्रकाशित मिति: शुक्रबार, आषाढ ६, २०७१