आगामी ८ गते हुने संविधानसभा उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौं, आषाढ ६ । आगामी ८ गते हुने संविधानसभा उपनिर्वाचनमा विद्युतीय उपकरणबाट मतदान गराइने जानकारी दिंदै निर्वाचन आयोगले सम्बन्धित क्षेत्रका मतदाताहरुलाई विद्युतीय मतदानका लागि आग्रह गरेको छ ।
निर्वाचन आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त नीलकण्ठ उप्रेतीले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको भन्दै ढुक्क भएर निर्वाचनमा सहभागी हुन मतदाताहरुलाई आग्रह गरे ।
काठमाडौं-२ चितवन-४ बर्दिया-१ र कैलाली-६ मा आइतबार निर्वाचन हुन लागेको हो । प्रमुख आयुक्त उप्रतीले ती क्षेत्रमा महिला मतदाताको संख्या बढी रहेको जानकारी पनि दिए ।
यस्तै, उपनिर्वाचनका लागि ६० वटा दल र १६ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छन् । IMAGEKHABAR