अर्घाखाँची जिल्लामा सिंगो एमाले नेतृत्व ओली पक्षमा

– शोभाखर पन्थी
 
सन्धिखर्क, अर्घाखाँची – आषाढ ०६ शुक्रवार ।  नेकपा एमालेको नवौ महाधिवेशनका लागि देशभरी एमालेका कार्यकर्ता दुई गुट बनाएर प्रतिनिधि चयनका लागि प्रतिस्पर्धा गरिरहँदा अर्घाखाँचीमा भने जिल्ला अध्यक्षले नै स्थानीय रेडियो एफएममा सुचना बजाएर सबै उम्मेदवारको पक्षमा मत मागेका छन् ।
 

सन्धिखर्कमा रहेको एमाले पाटी कार्यलयमा एमालेको महाधिवेशन प्रतिनिधिको लागि उम्मेद्धारी दर्ता गर्न लाइनमा बसेका एमालेका नेता तथा तिनका प्रतिनिधिहरु ।
 


जिल्लाको सिंगो नेतृत्व पंक्ति नै केपी शर्मा ओलीको पक्षमा खुलेरै लागेपछी लामो समय देखि नै केपी ओली निकट भएर काम गर्दै आएका अध्यक्ष चेतनारायण आचार्यले आफ्नो निम्ति पार्टी भित्रका सबै उम्मेदवार बरावरी भएको भन्दै ईच्छा अनुसार मतदान गर्न पार्टी सदस्यहरलाई आग्रह गर्नु भएको हो । आचार्यले केन्द्रको नेतृत्व र विचारमा सीङ्गो जिल्ला एक ढिक्का भएपछी उम्मेदवार मध्ये जुनसुकै व्याक्तिले जितेर गएपनि कुनै फरक नपर्ने बताउनु भयो ।
 
अध्यक्ष आचार्य महाधिवेशनको प्रतिनिधिको निम्ति क्षेत्र नं. १ बाट उम्मेदवार बन्नु भएको छ । आफु उम्मेदवार भएपनि उहाँले आफ्नो लागी भनेर हालसम्म मत समेत नमागेको एमालेले जनाएको छ । पार्टीलाई एक ढिक्का बनाएर लैजानको लागि अध्यक्ष आचार्यले सबैलाई बराबर सम्झिएर ईच्छानुसार मतदान गर्न निर्देशन दिनु भएको एमाले उपसचिव प्रेम नारायण गैरेले बताउनु भयो ।
 

सन्धिखर्कमा रहेको एमाले पाटी कार्यलयमा एमालेको महाधिवेशन प्रतिनिधिको लागि उम्मेद्धारी दर्ता गर्न लाइनमा बसेका एमालेका नेता तथा तिनका प्रतिनिधिहरु ।
 


एमाले अध्यक्ष आचार्य, एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य नरेन्द्र कुमार क्षत्री, एमाले नेता जनार्दन खनाल, जिल्ला उपसचिव प्रेम नारायण गैरे लगायतका नेताहरु सदरमुकाम मै रहे पनि एमालेका अन्य नेताहरुले भने गाउँ गाउँमा पुगेर आफ्नो पक्षमा मतदान गर्न मतदाताहरुलाई आग्रह गरेका छन् ।
मत माग्नको लागि एमाले नेताहरु गाडी रिजर्ब गरेर गाउँ गाउँमा गएपछि सदरमुकाममा सवारि साधनको चाँप समेत कम भएको छ । एमाले नेताहरु गुट नै बनाएर प्रचारको लागि गाउँमा नगए पनि आपसमा मन मिल्ने दुई तीन जनाको समुहमा वा एक्ला एक्लै गाउँमा पुगेर मत माग्न थालेका छन् ।
अरु समयमा जिल्लामा जाँदा वेवास्ता गर्ने नेताहरु भोट माग्न एक पछि अर्को गर्दै लर्को लागेर घरमै आउन थालेपछी कार्यकर्ताहरुले समेत विभिन्न माग राख्न थालेका छन् । उनीहरुले सबै मिलेर पार्टी बलियो बनाउन आग्रह गरेका छन् । कतिपय कार्यकर्ताहरुले भने व्यक्तिगत समस्या र रोजगारीको अवसरकोलागि समेत नेताहरुको ध्यानाकर्षण गराए । भोट माग्नका लागि घर घरमा पुगेका नेताहरुले आफुले राखेका सबै मागहरु प्रति सकारात्मक भएपछि एमालेका संगठित सदस्यहरु भने दङ्ग परेका छन् । यता नेताहरुले भने जे-जे आसवासन दिएर भएपनि आफ्नो पक्षमा मत पार्ने पक्षमा छन् ।
शनिवार हुने मतदानमा एमालेका ४ हजार ६ सय १७ संगठित सदस्यले मतदान गर्न पाउने छन् । जसमध्ये क्षेत्र नं. १ मा पुरुष १ हजार ६ सय २८, महिला ३ सय ७ गरी १ हजार ९ सय ३५, क्षेत्र नं. २ मा पुरुष १ हजार ८ सय ७५ र महिला ४ सया ५५ गरी २ हजार ३ सय ३० तथा सीङ्गो जिल्लाबाट ३ सय ४२ जना दलित तथा १० जना मजदुर पार्टी सदस्य छन् ।
 

सन्धिखर्कमा रहेको एमाले पाटी कार्यलयमा एमालेको महाधिवेशन प्रतिनिधिको लागि उम्मेद्धारी दर्ता गर्न लाइनमा बसेका एमालेका नेता तथा तिनका प्रतिनिधिहरु ।
 


जिल्लाको क्षेत्र नं.१ मा ६ र क्षेत्र नं.२ मा ७ वटा मतदान केन्द्र कायम गरी निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका सहित मतदान अधिकृत र कर्मचारीहरु प्रत्येक मतदान केन्द्रमा पुगी सकेको मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भुसालले बताउनु भयो ।
एमालेले आफ्नो पार्टी निकटका बहालवाला तथा सेवा निवृत्त शिक्षक तथा कर्मचारीलाई निर्वाचनमा खटाएको छ । एमाले अध्यक्ष आचार्यले शनिवार विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म हुने निर्वाचनमा सक्रिय सहभागिता जनाउन सबै पार्टी सदस्यलाई आग्रह गर्नु भएको छ । पार्टीको ऐतिहासिक नवौ महाधिवेशन भव्य र सानदार रुपमा सम्पन्न गर्न प्रतिनिधि छनोटको अभियानमा सहभागि भई अनिवार्य मतदान गर्न सम्पुर्ण पार्टी सदस्यलाई आग्रह गर्नुभएको छ ।

अन्य समाचारहरु