आषाढ ७ । चीनको पश्चिमी सिन्जियाङ प्रान्तमा प्रहरी चौकी आक्रमणमा संलग्न १३ जना प्रहरीको जवाफी कारबाहीमा मारिएका छन् । कारमा आएका आक्रमणकारीहरुले प्रहरी चौकीमा प्रवेश गरी विष्फोट गराएका थिए ।
आक्रमणमा तीन जना प्रहरी सामान्य घाइते भएपनि कोही पनि सर्वसाधरण भने घाइते नभएको स्थानीय अधिकारीहरुले जनाएका छन।
चिनियाँ अधिकारीहरुले सिन्जियाङ प्रान्तमा बढ्दो आक्रमणका घटनामा मुस्लिम उइगुरहरुको संलग्नता रहेको आरोप लगाउँदै आएको छ ।
गत सोमबार मात्र त्यहाँ आतंकवादी आक्रमणमा संलग्न रहेको भनिएका १३ जनालाई मृत्युदण्ड दिइएको थियो । सिन्जियाङ प्रान्तमा बढ्दो हिंसाका घटना पछि सुरक्षा व्यवस्था कडा बनाइएको छ । AGENCIES