वीरेन्द्र केसी
ठाडा, अर्घाखाँची, असार ७ – बेहुली लिएर फर्कंदै गरेको जन्तीबस दुर्घटना हुँदा शनिबार दुई जनाको मृत्यु भएको छ ।
अर्घाखाँचीको सितापुरबाट बेहुली लिएर रुपन्देहीको साझण्डीतर्फ फर्कंदै गरेको जन्तीबस अर्घाखाँचीकै ठाडा गाविसको कोप्चेबासमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । १५ जना घाइते भएका छन । बेहुला बेहुली पनि घाईते भएका छन्।
लु १ ख ७५९३ नम्बरको माइक्रोवस दुर्घटनामा परी मृत्यु हुनेमा रुपन्देही ४ पानबारीका वर्ष ४८ का पुनाराम भट्टराई र सालझण्डी ८ का वर्ष ४२ की जुमुना पोख्रेल रहेको प्रहरीले जनाएको छ ।
घाइते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको र उनीहरुलाई लुम्विनी अञ्चल अस्पतालमा रिफर गरिएको छ । भने अन्य घाइतेहरुको जिल्लामा नै उपचार भईरहेको छ।
ओभरलोड र तिव्र गतिका कारण मिनिवस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरिक्षक दिपेन्द्र जिसीले बताए । मिनि बसमा ३५ जना सवार रहेको जिसीले बताए ।
घटनास्थलमा प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरेका थिए।