जाजरकोटका दर्जनभन्दा बढी गाविसमा खाद्यान्न अभाव

जाजरकोटका दर्जनभन्दा बढी गाउँ विकास समितिमा खाद्यान्न अभाव भएको छ। 
 
घरको पुरानो अन्न सकिएको, नयाँ बाली नपाकेको र नेपाल खाद्य संस्थानको खाद्य डिपोमा पनि चामल नभएपछि  खाद्य सङ्कट देखापरेको हो।
 
जिल्लाका उत्तरपूर्वी तथा पश्चिमी क्षेत्रमा पर्ने रग्दा, भगवती, सक्ला, नायकवाडा, रोकायगाउँ, पैक, गर्खाकोट, पजारु, दह, मजकोट, कोर्ताङ, दशेरा, सुवानाउली, टालेगाउँलगायत दर्जनभन्दा बढी गाविसमा खाद्य सङ्कट परेको स्थानीय बासिन्दाले बताएका छन्।
 
यस जिल्लामा बर्सेनि १५ हजार क्विन्टलभन्दा बढी खाद्यान्न अपुग हुने गरे पनि खाद्य डिपो र स्थानीय बजारमा चामल नपाइँदा स्थानीयवासीलाई समस्या पर्ने गरेको छ। नायकवाड-७ का दलबहादुर नेपालीले गाउँमा रहेको अन्न सकिएको र किन्नसमेत नपाइने भएकाले भोकै बस्नुपर्ने अवस्था रहेको गुनासो गरे।
 
उनका अनुसार स्थानीय बासिन्दा खाद्यान्न लिन दुई दिन टाढाको खलङ्गा, चौरजहारी राडी, कालीमटीलगायतका बजारमा जान थालेका छन्। जिल्लामा बर्सेनि खाद्यान्न अभाव देखिए पनि समाधानका लागि सरोकारवाला निकायले खासै पहल गरेको देखिँदैन। नेपाल खाद्य संस्थानका खाद्य डिपोहरू ३० गाविसका लागि भन्दै चार ठाउँमा राखिएको छ। ती डिपोहरूमा अहिले एक गेडा चामल पनि छैन। चामल लिन जाने स्थानीयवासीलाई रित्तो हात फर्कर्नुपर्ने बाध्यता छ। 
 
यसैबीच नेपाल खाद्य संस्थानका वरिष्ठ अधिकृत प्रेमनारायण भण्डारीको संयोजकत्वमा गठित छानबिन समितिले जाजरकोटमा चामल ढुवानीमा अनियमितता नभएको निष्कर्