आसन्न नवौं महाधिवेशनका लागि एमाले अर्घाखाँचीका दुबै निर्वाचन क्षेत्रबाट २६ जना प्रतिनिधि निर्वाचित, ओली पक्षिय प्रतिनिधिको वर्चश्व

– अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची असार ८ ।  आसन्न नवौं महाधिवेशनका लागि नेकपा एमाले अर्घाखाँचीका  दुबै निर्वाचन क्षेत्रबाट   २६ जना प्रतिनिधि निर्वाचित भएका छन् ।  खुल्ला, महिला र दलितमा गरि २५ जनाको लागि निर्वाचन भएको हो ।  मजदुर तर्फ भने कमल भट्टराई निर्विरोध निर्वाचित भए ।
क्षेत्र नं. १ मा आठ प्रतिनिधिका लागि  १४ जनाले उम्मेदवारी दिएका थिए । क्षेत्र नं. १ मा  जिल्ला अध्यक्ष चेतनारायण आचार्य, राष्ट्रिय प्रतिनिधि परिषदका सदस्य नरेन्द्रकुमार क्षेत्री, अञ्चल समन्वय कमिटीका सदस्य लक्ष्मण रायमाझी, केन्द्रिय शिक्षा विभागका सदस्य भोजबहादुर शाह, जिल्ला सचिव रामबहादुर चौहान, सचिवालय सदस्य जनार्दन खनाल, पिताम्मर भुसाल शालिकराम आचार्य निर्वाचित भए  । क्षेत्र नं. १ मा महिला तर्फ जिल्ला कमिटी सदस्यहरु पुतला खनाल, र मिश्रा आचार्य निर्वाचित भएका छन् ।
यस्तै क्षेत्र नं. २ मा राष्ट्रिय प्रतिनिधि परिषद सदस्य  पिताम्मर भुसाल,  अञ्चल समन्वय कमिटी सदस्य रामजीप्रसाद घिमिरे, पिताम्मर शारु, केन्द्रिय स्कुल विभागका सदस्य बुद्धिबहादुर रायमाझी,  जिल्ला उपाध्यक्ष जिवनारायण कोइराला, उपसचिव प्रेमनारायण गैरे, जिल्ला सदस्यहरु वसन्त श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठ,  युवराज श्रेष्ठ निर्वाचित भए  । महिला तर्फ राष्ट्रिय प्रतिनिधि परिषद सदस्य पवित्रा पौडेल, जिल्ला सचिवालय सदस्य इश्वरा पोख्रेल र पूर्व जिल्ला कमिटी सदस्य  लक्ष्मी गौतम रहेका छन् ।  दलित तर्फ जिल्ला सदस्य तथा अनेरास्ववियुका केन्द्रिय सदस्य लिलबहादुर बिक, अञ्चल कानून विभागका सदस्य लक्ष्मण नेपाली र जिल्ला कमिटी सदस्य शिवकला विक छन् ।
एमालेले   विगतका महाधिवेशनहरुमा  प्रतिनिधि छनोटको निर्वाचनको कार्य  सदरमुकामै गर्ने गरेको थियो ।  यस पटक भने  प्रत्येक इलाकामा मतदान केन्द्र राखिएको  । धेरै मत खसाल्नका लागि सबैलाई पायक पर्ने गरि इलाका स्तरीय मतदान केन्द्र बनाइएको एमालेले जनाएको छ  ।   इलाकाबाट मतपेटिका सदरमुकाम  ल्याउन ढिला भएकाले राति करिव साढे दश बजेबाट मात्र मतगणना शुरु भइ बिहान आठ बजे मतपरिणाम घोषणा गरिएका थियो ।
एमाले  क्षेत्र नं. १ मा १९ सय ३५  र २ मा २३ सय ३० संगठित सदस्य छन् ।  २ सय संगठित सदस्य बरावर १ खुल्ला प्रतिनिधि , डेढ सय महिला  बरावर १ महिला  र  १ सय दलित  बरावर १ दलित प्रतिनिधि छनोट गर्ने  पद्दति अनुसारनै प्रतिनिधि छनोटको पक्रिया सम्पन्न भएको एमालेले जनाएको छ ।  क्षेत्र नं. १  मा १३ सय ४० र २ मा १५ सय ९९ मत खसेको निर्वाचन समितिका संयोजक श्रीकृष्ण भुसालले जानकारी दिए
। यहाँबाट चुनिएका अधिकांश प्रतिनिधि केपि ओली पक्षका छन् । पार्टी अध्यक्ष चेतनारायण आचार्य सहित करिव २२ जना प्रतिनिधि ओली पक्षिय रहेको एमाले निकट श्रोतले बताएको छ । यहाँ ओली पक्षको पहिले देखिनै वर्चश्व छ । जिल्लामा  वामदेव गौतम पक्षिय नेता पनि केहि छन् । अहिले केन्द्रमा बामदेव र ओली एकै ठाउँ भएकाले जिल्लामा पनि  सबै एक भएको  अधिकांश  एमाले नेताहरुले बताउने गरेका छन् ।
यहाँ झलनाथ खनाल र माधव नेपालको  भने निकै कम प्रभाव छ ।  केन्द्रिय शिक्षा विभागका सदस्य भोजबहादुर शाह, राष्ट्रिय प्रतिनिधि परिषद सदस्य पवित्रा पौडेल, पुतला खनाल भने माधव नेपाल पक्षिय रहेको श्रोतको भनाइ छ ।  नेपालको खुलेर प्रचार गर्न अहिले सम्म कसैले पनि सकेको छैन । प्रतिनिधिमा पराजित हुने डरले खुल्न नसके पनि अब भने  केहि नेताहरु खुल्न सक्ने  कतिपयको अनुमान  छ ।
पहिलो प्रकासित मिती – असार ८ २०७१

अन्य समाचारहरु