काठमाडौं, आषाढ ८ । नेकपा एमालेले नवौं महाधिवेशनका लागि हिजो बेलुकी सम्म ८ सय प्रतिनिधि चयन भइसकेको जनाएको छ । इलाम, पाँचथर, बाँके, रुकुम, दैलेख, मुगु, पाँचथर, सुनसरी लगायतका झण्डै डेढ दर्जन जिल्लामा भने मत परिणाम आउन बाँकी छ ।
संविधानसभाको उपनिर्वाचन भएका काठमाडौं, चितवन, बर्दिया, कैलालीका साथै जुम्ला, धनुषा, सप्तरी, दोलखा, रामेछाप, सिन्धुली लगायत एक दर्जन बढी जिल्लामा मतदान स्थगित भएको छ ।
स्थगित भएका क्षेत्रमा असार १० गते प्रतिनिधि चयनका लागि निर्वाचन हुनेछ । चयन भएका प्रतिनिधिमा माधवकुमार नेपाल र केपी ओली पक्षधरले आ