पाँचथर, आषाढ ९ । विद्युत आपूर्ति नभएपछि पाँचथर ३ दिनदेखि अन्धकारमय बनेको छ । केही दिनयता परेको पानी र हावाका कारण इलाम-फिदिमबीचको ट्रान्समिटरमा फल्ट देखिएपछि विद्युत आपूर्ति हुन नसक्दा अन्धकार भएको हो ।
विद्युत आपूर्ति सुचालु नहुँदा फिदिमबाट प्रकाशित हुने पत्रपत्रिका बन्द भएका छन् भने एफएमहरुले आफ्नो प्रसारण सेवा समेत कटौती गरेका छन् ।
यता, इलाम प्राधिकरणले फल्टको मर्मत भइरहेको जनाएको छ । IMAGEKHABAR